पुर्णिमाको व्रत कसरी गर्ने

व्रत सुरुवात गर्ने नियम (व्रतारम्भ)

  • सङ्कल्प: यदि तपाई पहिलो पटक यो व्रत सुरु (आरम्भ) गर्दै हुनुहुन्छ भने, पण्डितलाई बोलाएर प्रतिज्ञा (व्रत बस्ने प्रतिवद्धता) र गोदान सङ्कल्प अनिवार्य गर्नुपर्छ।
  • खान नहुने: व्रतको दिन नुन, रोटी, भात र अशुद्ध वस्तुहरु खान हुँदैन।

साँझको पूजा तयारी (चन्द्रोदय पछि)
जब साँझ चन्द्रमा उदाउँछन्, तब पूजा सुरु हुन्छ। पूजाको लागि सामान

  1. १६ सरे १६ वटा बत्ती, टपरी, चामल, काँसको कलश (लोटा), काँसको थाल, पूर्ण चन्द्रमाको प्रतीक वा मूर्ति,

चन्द्रमाको आवाहन र स्नान (षोडशोपचार पूजा)

  • तिलानी जल: भगवानको गोडा धुने जल।
  • अर्घ्य: सम्मानस्वरूप चढाइने विशेष जल।
  • आचमन: चोखिनका लागि प्रयोग गरिने सुगन्धित जल।
  • पञ्चामृत स्नान: दूध, दही, घिउ, मह र चिनी मिसाएर चन्द्रमालाई स्नान गराउने।
  • शुद्ध जल स्नान: पञ्चामृतले नुहाएपछि फेरि सफा जलले नुहाउने। त्यसपछि…
  • वस्त्र, उपवस्त्र, जनै, चन्दन (अबिर, केशरी), जौ, तिल, लाभा (भुटेको धान), दुबो, श्रृंगार, फूल, धूप (धूपबत्ती), कपुरको दीप (आरती), नैवेद्य (प्रसाद/भोग) र दक्षिणा।
  • मन्त्र जप: पूजा सकिएपछि “ॐ ऐं क्लीं सोमाय नम:” मन्त्रको १०८ पटक जप गर्ने।
  • अर्घ्यका सामग्रीहरू: काँसको कचौरामा दहि, दूध, घिउ, तोरी (सर्स्यूँ), जल, कुश, सुपारी, तिल, अबिर, केशरी, दुबो र फूल मिसाएर अर्घ्य तयार पार्ने।
  • आचमनका सामग्रीहरू: कचौरामा जल, कपुर, ल्वाङ, सुकमेल
  • पाद्यका सामग्रीहरू: कचौरामा जल, जौ, तिल, कुश, अबिर, केशरी