मघा नक्षत्र मघा नक्षत्र (शक्तिशाली) (120°00 देखि 133°20′ सिंह राशि)

मघा नक्षत्र

मघा नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूको १० नम्बरको नक्षत्र हो। यो सिंह राशिमा ०°००' देखि १३°२०' सम्म फैलिएको हुन्छ। मघा नक्षत्रमा जन्मेकाहरूको व्यक्तित्व प्रभावशाली, करिश्माई र राजसी हुन्छ। यो नक्षत्र नेतृत्व, सम्मान, परम्परा र पूर्वजहरूको आशीर्वादसँग जोडिएको हुन्छ। यसमा जन्मेकाहरूमा राजसी गुण र सामाजिक प्रतिष्ठाको प्रभाव हुन्छ।

  1. अर्थ: मघाको अर्थ "महान", "शक्तिशाली" वा "उदार" हुन्छ।
  2. प्रतीक: राज सिंहासन
  3. स्वामी ग्रह: केतु।
  4. अधिष्ठाता देवता: पितृगण (पूर्वजहरू)।
  5. तारा: The Regulus Star (सिंह राशिको सबभन्दा चम्किलो तारा)।
  6. गुण: राक्षस गण, उग्र (तीव्र), कफ दोष, तमोगुणी।
  7. योनि: मूषक (Rat)

व्यक्तित्व गुण

  • जसले जहाँ गए पनि आफ्नो प्रभाव जमाउँन खोज्छन्।
  • परम्परा, कुल र पूर्वजहरूप्रति गहिरो सम्मान र लगाव हुन्छ।
  • महत्वाकांक्षी, आत्मविश्वासी, अहंकार वा जिद्दीपन देखिन्छ।
  • पुरुष र महिला दुवैमा नेतृत्व क्षमता बलियो हुन्छ, र उनीहरू सामाजिक रूपमा सम्मानित हुन्छन्।

सकारात्मक पक्ष

  1. नेतृत्व, सम्मान, उच्च पद र सामाजिक प्रतिष्ठा प्राप्त गर्छन्।
  2. परम्पराप्रेमी, पूर्वज र संस्कृतिको संरक्षण गर्छन्, परिवारप्रति वफादार।
  3. महत्वाकांक्षा, लक्ष्य प्राप्तिमा दृढ, सफलता र धन-संपत्तिको योग।
  4. धार्मिक,आध्यात्मिक, देवता र पूर्वजको पूजा गर्छन्, Occult Science मा रुचि।
  5. उदारता, परिवारभन्दा पनि बाहिरीलाई सहयोग गर्छन्, सेवक वा अनुयायीहरू हुन्छन्।

चुनौतीपूर्ण पक्ष

  1. अहंकार, घमण्ड, सफलताले अहंकारी बनाउँछ र सम्बन्धमा समस्या ल्याउँछ।
  2. जिद्दीपन, आफ्नो विचारमा अडिग रहने, अरूको सुझाव नमान्ने।
  3. क्रोध, असहनशीलता, छिटो रिसाउने, धैर्यताको कमी।
  4. कठोरता, कहिलेकाहीँ निर्दयी वा अधिकारप्रति अन्धो हुन सक्छन्।
  5. स्वास्थ्य समस्या, राति नदेख्ने (Night Blindness), दम, क्यान्सर वा Epilepsy को जोखिम (ग्रह योग अनुसार)।
  6. परिवारमा बोझ, सहोदरहरूको जिम्मेवारी वहन गर्नुपर्ने।

करियर र रुचि क्षेत्र

  1. सरकारी सेवा (IAS, IPS, प्रशासनिक पद)।
  2. राजनीति, न्याय (न्यायाधीश, वकिल)।
  3. उच्च प्रबंधन, CEO वा व्यवसायिक नेतृत्व।
  4. इतिहास, संस्कृति संरक्षण, पुरातत्व।
  5. सेना, पुलिस वा आपतकालीन सेवा।
  6. ठूलो व्यापार, धन-संपत्ति सम्बन्धी काम।

रुचि क्षेत्र
कला, संगीत, Occult Science, धार्मिक कार्य, कुलपित्रीको विशेष ध्यान राख्ने, उच्च पदमा पुगेर सम्मान कमाउँछन्, तर नैतिकतापूर्वक काम गरेमा मात्र स्थायी सफलता मिल्छ।

अनुकूल पेशाहरू
ऐतिहासिक कलाकृतिहरूको व्यापार, राष्ट्रिय स्तरमा वरिष्ठ अधिकारी, ठूलो व्यापारी, वकिल, न्यायाधीश, राजनीतिज्ञ, व्याख्याता, घरभित्रको भित्री डिजाइनर वा वास्तुकार, प्रशासक, संस्थाको निर्देशक, पुरातन सभ्यता र संस्कृति सम्बन्धित व्यवसाय आदि।

तपाई जहाँ जानुहुन्छ, आफ्नो प्रभुत्व कायम राख्नुहुन्छ। कुनै कामको जिम्मेवारी लिएर सकेसम्म चाँडो गर्ने प्रयास गर्ने ऊर्जावान र मेहनती हुनुहुन्छ। कहिलेकाहीं साथीहरू तपाईको कार्य गर्ने तरीका देखेर छक्क पर्ने गर्छन्। आफ्नो आत्मसम्मानको ख्याल राख्ने र अरुसँग कहिल्यै सम्झौता गर्न तयार नहुने। आफ्नो आत्म-सम्मानको रक्षा गर्न जे पनि गर्ने। सरकार वा सम्बन्धित विभागसंग गहिरो सम्बन्ध हुनेछ। वैज्ञानिक विषयहरूको राम्रो हुन्छ। रिसाउने स्वभावको कारण धेरै मौकाहरू छोड्नुपर्छ। जब केही काम गर्ने कुरा आउँछ, तब सत्यको विरुद्ध केहि पनि गर्न मन पराउनु हुन्न। हजुरको कुनै व्यवहार र बोलीले अरुलाई दुखी बनाउँछ यस्तो नहोस् भन्नाका लागि तपाईले धेरै प्रयास गर्नु पर्नेछ। तपाई क्षमा माग्न सक्नुहुन्न। धनी र शक्तिशाली मानिसहरूको मद्दतले जीवनमा सुख विलासपूर्ण जीवन बिताउन सफल हुनुहुनेछ। सांसारिक सुख सुविधाको लागि सामाग्री र धन जम्मा गर्न चाहनुहुन्छ। जब सम्पत्तिको कुरा आउँछ, तब साह्रै नै बौद्धिक हुने प्रयास गर्नुहुन्छ। कुरा जब आर्थिकको बारेमा हुन्छ, तब आफ्नो सबै ऊर्जा त्यो विषयमा प्रयोग गर्नुहुन्छ जसले सफल बनाउँछ। आफ्नो काममा बाधा गर्ने मानिसहरूबाट उनीहरूको स्वभाव चिनेर पहिलै टाढा बस्नुहुन्छ। त्यसैले तपाईका धेरै लुकेका शत्रुहरू हुन्छन्। जहाँसम्म मित्रताको प्रश्न छ, तपाईका धेरै साथीहरू छैनन्। तर, तपाईको जीवनमा ती केही व्यक्तिहरू नै तपाईको लागि धेरै हुनेछन्। सान-सानो कुरामा कलह क्लेश भइरहने खालको वैवाहिक जीवन बिताउनु हुनेछ। धन र नोकर चाकरले युक्त हुनुहुनेछ। 


चिन्ह

चिन्ह

शाही सिंहासन वा पालकी

नामाक्षर

नामाक्षर

मा, मि, मु, मे

नियन्त्रण ग्रह

नियन्त्रण ग्रह

केतु

नक्षत्र

नक्षत्र

5

तत्व

तत्व

पानी

रङ

रङ

क्रिम वा हात्तीको दाँतको रंग