केतु ग्रह

केतु ग्रह

ज्योतिषमा केतु ग्रहको महत्व
ज्योतिषमा केतु (“दक्षिणी चन्द्र नोड” South Lunar Node) ग्रहलाई एक अशुभ ग्रह मानिन्छ। तर यसको अर्थ केतुबाट सधैँ खराब फल मात्र प्राप्त हुन्छ भन्ने होइन। केतु ग्रहले व्यक्तिलाई शुभ फल पनि प्रदान गर्छ। केतु आध्यात्म, वैराग्य, मोक्ष, तान्त्रिक शक्ति आदिको कारक ग्रह हो। ज्योतिषमा केतु कुनै पनि राशिको स्वामी होइन। तर धनु राशिमा केतु उच्च मानिन्छ भने मिथुन राशिमा केतु नीच मानिन्छ। २७ नक्षत्रमध्ये केतु अश्विनी, मघा र मूल नक्षत्रको स्वामी हो। केतु एक छाया ग्रह हो। वैदिक शास्त्र अनुसार केतु स्वरभानु नामक राक्षसको धड (घाँटीबाट तलको शरीर) हो भने यसको शिर भागलाई राहु भनिन्छ। ज्योतिष शास्त्र अनुसार राहु र केतु ग्रह कुनै जातकको जन्म कुण्डलीमा कालसर्प योग निर्माण गर्ने कारक ग्रह हुन् अर्थात् राहु र केतुको बीचमा अन्य सातै ग्रहहरु रहेमा कालसर्प योग बन्दछ। केतु ग्रहको दिशा वायव्य (North-West) कोण हो। केतु ग्रहको प्रभाव जातकको कार्य सजिलै सिद्ध हुँदैन, उसलाई सानो-सानो काम पूरा गर्न पनि जरूरत भन्दा धेरै परिश्रम गर्नुपर्ने हुन्छ।

केतु (Ketu) का प्रभाव

  • मंगलजस्तै तीव्र, कठोर र आवेगी हुन सक्छ।
  • केतु गुरु ग्रहसँग युति भएमा राजयोगको निर्माण हुन्छ।
  • खराब स्थितिमा भएमा भ्रम, अलगाव र मानसिक अशान्ति दिन सक्छ।
  • अग्नि तत्त्वको प्रभावका कारण स्वभाव कठोर हुन्छ र सानो-सानो कुरामा पनि छिटो रिस उठ्ने प्रवृत्ति हुन्छ।
  • केतुको प्रभावले परिवार, साथीभाइ तथा भौतिक सुख-सुविधा वञ्चित गराउँछ। मानिस एकान्तप्रेमी बन्दै जान्छ।
  • केतुले मानिसको मनमा भ्रम, द्विविधा पैदा गर्छ। व्यक्तिलाई आध्यात्मिक मार्गबाट भड्किन पनि बाध्य बनाउँछ।
  • केतु एक छाया ग्रह हो, जसले राहुको ठीक विपरीत काम गर्छ। अदृश्य शक्तिहरू, वैराग्य र रहस्यसँग जोडेर हेरिन्छ।
  • जीवनमा अचानक र अप्रत्याशित घटनाहरू घट्नहरु घट्छन्, जसले स्थिरता भंग गराउँछ र बारम्बार परिवर्तन ल्याउँछ।

केतुको समय अवधि

  1. सप्त वर्षाणि केतौ - राहु ग्रह बिंशोत्तरी दशामा ७ वर्ष चल्दछ।
  2. युग चाष्ट केतु - त्रिभागी दशामा ४ वर्ष ८ महिना चल्दछ।

रोग
खुट्टा, कान, मेरुदण्ड, घुँडा, जननेन्द्रिय, मिर्गौला, जोर्नी दुखाइ आदि

कार्यक्षेत्र
समाज सेवा, धर्म, आध्यात्मिक क्षेत्रसँग सम्बन्धित सबै कार्यहरू 

रुद्राक्ष
नौ मुखी रुद्राक्ष

केतु ग्रहको वैदिक मन्त्र
ॐ केतुं कृण्वन्नकेतवे पेशो मर्या अपेशसे।
सुमुषद्भिरजायथा:॥

केतुको तान्त्रिक मन्त्र
ॐ कें केतवे नम:।

केतुको बीज मन्त्र
ॐ ऐं ह्रीं ऐं केतवे नम:

केतु गायत्री मन्त्र
पद्मपुत्राय विद्महे अमृतेशाय धीमहि। तन्न: केतु: प्रचोदयात्॥

धार्मिक दृष्टिले केतु ग्रहको महत्व
………………………………