मंगल ग्रह

मंगल ग्रह

मङ्गल (Mars) ग्रह पृथ्वीभन्दा आकारको हिसाबले झण्डै आधा सानो छ। यसको व्यास ४२२० माइल (Miles) रहेको छ। वजनको हिसाब गर्दा मङ्गलको तौल पृथ्वीको भन्दा दश गुणा कम छ। पृथ्वीमा ३ सय ६५ दिनको एक वर्ष हुन्छ तर मङ्गल ग्रहमा ६ सय ८७ दिनको एक वर्ष हुन्छ। यसको मतलब मङ्गलले सूर्यको एकपटक परिक्रमा गर्न ६ सय ८७ दिन लगाउँछ। मङ्गल ग्रहमा २४ घण्टा ३७ मिनेटको एक दिन हुन्छ।

ग्रह मेष र वृश्चिक राशिको स्वामी ग्रह मङ्गल हो र यिनकी पत्नी भ्रामरी हुन्। सप्त वर्षाणि मङ्गले बिंशोत्तरी दशामा मङ्गल ७ वर्ष चल्दछ। नागश्च तमऽर्कशून्यं त्रिभागी दशामा मङ्गल ४ वर्ष ८ महिना चल्दछ। मङ्गल ग्रह अशुभ हुँदा रिसाहा, जिद्दी, चोर, अपराधी र असामाजिक बनाउँछ। मङ्गल ग्रह पृथ्वीको पुत्रग्रह हो र यो रातो रङको हुन्छ। मङ्गलले पराकर्मी, सेनापति, अगुवा, सर्जन, डाक्टर, इन्जिनियर, खेलकुद र प्राविधिक क्षेत्रमा सफलता दिलाउँछ र मङ्गल अशुभ भएर बस्दा चोटपटक लाग्ने र Accident भइरहन्छ साथै आगोको डर हन्छ। मङ्गल ग्रहको प्रभावले विशेष वैवाहिक जीवन झगडा र क्लेश हुन्छ। यसले भूमि सम्बन्धी कार्य र सफ्टवेयर इन्जिनियरिङमा सफलता दिलाउँछ। मङ्गल ग्रह शनि/राहु/केतुसँग योग गरेर बस्दा यसले झगडाहरू, अरुलाई लडाई गराउने, झुट बोल्ने, अनावश्यक डर देखाउने, भ्रष्ट र कुकर्मी बनाउँछ। यस ग्रहबाट भाइ हुने वा नहुने, पुत्र जन्मन्छ वा जन्मदैन, न्यायाधीश, सेना, आर्मीको क्षेत्रमा के कस्तो हुन्छ भन्ने कुराको जानकारी प्रष्टसँग जनाउँछ। हड्डी टुट्ने, रगतमा केही रोग देखा पर्ने, मङ्गल ग्रह अस्वभाविक रूपमा शनि/राहु/केतुसँग योग गरेर पञ्चम भावमा प्रभाव पार्दा बच्चा जन्मँदै-मर्दै गर्ने, ठूलो Accident मङ्गल ग्रहले पार्दछ।

जन्म कुण्डलीमा मङ्गल ग्रह नीच, पाप ग्रहबाट पीडित वा अशुभ भावमा रहेको छ भने यसका प्रभाव यस प्रकार देखिन्छन्: दुर्घटना, चोटपटक, शल्यक्रियाको सम्भावना, अत्यधिक रिस र आक्रामक स्वभाव, पारिवारिक जीवनमा कलह र तनाव, शत्रुबाट पराजय, मुद्दा-मामिला र जग्गा-जमिन सम्बन्धी विवाद, ऋण र आर्थिक अस्थिरता, रगत, आगो र हतियारसँग सम्बन्धित समस्या हुन्छ।

कार्यक्षेत्र
Army, Police, Property Dealing, Electronics Related, Sports, Fire, Brigade, War Zone, दाल, जग्गा, अचल सम्पत्ति, तामाका वस्तुहरू आदि।

मङ्गलको अन्यनामहरू
अङ्गारक, भौम, मङ्गलयान, फोबोस र डेमोस

मङ्गलको मित्र, सम र शत्रु ग्रह
मङ्गलको मित्र ग्रह: सूर्य र गुरु हो, मङ्गलको सम ग्रह: शुक्र र शनि हो र मङ्गलको शत्रु ग्रह: बुध मात्रै हो।

जसको जन्म कुण्डलीमा भौम ग्रह स्वगृही, उच्च भई केन्द्रगत छ भने रुचक योग बन्दछ। पशुनाशाय मङ्गले॥ अर्थ: २।४।१० मङ्गल भए पशुहरूको नाश गर्दछ। जातं जातं कुजो हन्यात् सहजस्थानसंस्थित:॥ अर्थ: तृतीय भावमा मङ्गल भएमा भाईको नाश गर्ने हुन्छ।

शुभ मङ्गल ग्रहको प्रभाव
मङ्गललाई सेनापति ग्रह मानिन्छ। शुभ अवस्थामा यसले व्यक्तिलाई साहसी र नेतृत्वकर्ता बनाउँछ। साहस, आत्मविश्वास र पराक्रममा वृद्धि हुन्छ। सेना, प्रहरी, इन्जिनियर, खेलकुद वा प्राविधिक क्षेत्रमा सफलता मिल्छ। नेतृत्व क्षमता, कम्पनी, प्रशासन र राजनीतिमा उच्च पद प्राप्त हुन्छ। इच्छाशक्ति दृढ हुन्छ, रिक्सवाला काम गर्ने। जति थोरै कमाए भएपनि घडेरी किन्ने हुन्छ। सूर्य र बुधसँग मङ्गल रहेको अवस्थामा मङ्गल अझ शुभ हुन्छ। दशम भावमा मङ्गल भएमा कर्मक्षेत्रमा सफलता र प्रतिष्ठा दिने मानिन्छ। मङ्गल शुभ भएमा भएमा रक्षक र योद्धा हुन्छ। मङ्गल अशुभ भएमा विनाशकारी हुन्छ।

तृतीय र एकादश भावमध्ये कुनै एक भावमा मङ्गलग्रहको प्रभाव रहँदा दाजु-भाइमा आपसी वैमनस्य (शत्रुता), झैँ-झगडा र मनमुटाव हुन्छ। एउटा हात कमजोर कमजोर हुनसक्छ। शरीरका जोर्नी (हाड-जोड) राम्रोसँग काम नगर्ने हुन्छ। रगतको कमी वा रगत अशुद्ध हुने समस्या हुन्छ।

चौथो भावमा मङ्गल भएमा
मानसिक अशान्ति, घर-जग्गा र आमासँग समस्या हुन्छ।

आठौँ भावमा मङ्गल भएमा
दुर्घटना, दीर्घरोगी, आकस्मिक कष्ट र आयु सम्बन्धी चिन्ता हुन्छ।

कमजोर मङ्गलको प्रभावमा
त्यो पिँजडाभित्र थुनिएको सिंह जस्तै हुन्छ। शक्ति हुँदाहुँदै पनि सही रूपमा प्रयोग गर्न नसक्ने, आन्तरिक तनाव, रिस र असन्तुलन बढाउँछ।

मङ्गल र केतुको योग
रगत, आगो, हतियारबाट कष्टको सम्भावना, आकस्मिक दुर्घटना, हिंसात्मक प्रवृत्ति र शल्यक्रियाको योग बन्छ।

वैदिक मन्त्र
ॐ अग्निमूर्धा दिव: ककुत्पति: पृथिव्या अयम्।
अपा℧ रेता℧ सिजिन्वति॥

तान्त्रिक मन्त्र
ॐ अं अङ्गारकाय नम:।

बीज मन्त्र
ॐ हूं श्रीं  भौमाय नम:

मङ्गल गायत्री मन्त्र
ॐ अङ्गारकाय विद्महे शक्ति हस्ताय धीमहि, तन्नो भौम: प्रचोदयात्।

पुराणोक्त मन्त्र
ॐ धरणी गर्भ सम्भूतं विद्युत्कान्ति समप्रभम्।
कुमारं शक्ति हस्तं तं मङ्गलं प्रणमाम्यहम्॥

मङ्गल ग्रहलाई अर्घ्य दिने मन्त्र
रक्तप्रवालसंकाश जपाकुसुमसन्निभ। महीसुत महाबाहो गृहाणार्घ्यं नमोऽस्तु ते॥
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे। पत्नी हन्ति स्वभर्तारं भर्ता पत्नीं विनाशयेत्॥

ज्योतिषशास्त्रको अनुसार कुण्डलीमा मङ्गल ग्रह पहिलो, चौथों, सातौँ, आठौँ र बाह्रौं भावमा रहनाले कुण्डलीमा मांगलिक दोषको निर्माण हुन्छ। यहिँ दोषको कारण जातकको विवाहमा ढिलाई वा समस्या हुन्छ। यस्तो मानिन्छ कि मांगलिक दोष भएका जातकले मांगलिक दोष भएको व्यक्तिको साथ नै विवाह गर्नुपर्छ।